सुनको मूल्यमा भारी वृद्धि, चाँदीको पनि बढ्यो

काठमाडौं,३० जेठ । शुक्रबार, नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएकोे छ । आज एकै दिन सुनको मूल्य तोलामा ४ हजार २०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आज सुनको मूल्य बढेसँगै रेकर्डस्तर नजिक पुगेको छ ।

त्यस्तै, चाँदीको मूल्यले रेकर्ड कायम गरेको छ । आज चाँदी तोलामा १५ रुपैयाँ बढेर रेकर्डस्तरमा पुगेको हो । आज चाँदी २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्