तीनकुनेमा घटनामा के कोलाई गरे दोसी ठहर ?

काठमाडौं, ३० जेष्ठ । राजावादीहरुको आन्दोलनमा तीनकुनेमा आवन्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईँ बाहेक अन्य ६ जनालाई समेत काठमाडौँ जिल्ला अदालतले थुनामा पठाउन आदेश गरेको छ । न्यायाधीश ध्रुबराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएकामध्ये जम्मा ७ जनालाई थुनामा पठाउन आदेश गरेको हो ।

पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकाहरूमा घर आगजनी र समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजकको हत्यामा संलग्न आरोपीहरूसहित छन् । अदालतले प्रसाईंसहित सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, शुसिल बराल, केशव बस्नेत र जित बहादुर श्रेष्ठलाई थुनामा पठाउन आदेश गरेको छ ।

पूर्व राजाको समर्थनमा २०८१ चैत १५ मा भएको प्रदर्शनमा तीनकुनेस्थित घरमा आगजनी हुँदा समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजक र कीर्तीपुरका सुजन महर्जनले ज्यान गुमाएका थिए । दुर्गा प्रसाईँ र नवराज सुवेदीले नेतृत्व गरेको प्रदर्शनमा सहभागीहरूले आगजनीका गरेको कारण प्रेम बहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवन पूर्ण रूपमा क्षति भएको थियो । सोही घरमा पत्रकार रजकको मृत्यु भएको थियो ।

आगजनीमा रामेछापको सुनापति गाउँपालिका घर भएका सरोज गौतम र अछाम पञ्चदेवलका गोकर्ण शाही संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्