सुनको मूल्य बढ्यो, चाँदीको भने घट्यो
काठमाडौं,२९ जेठ । बिहीबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्