सुनको मूल्य बढ्यो, चाँदी भने स्थिर

काठमाडौं,२८ जेठ । हप्ताको चौंथो दिन सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी मंगलबार कायम मूल्यलाई नै आधार मानेर प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्