कामपा वडा नं. १० द्वारा समितिलाई ५० वटा कुर्सी हस्तान्तरण

काठमाडौं, २६ जेष्ठ । काठमाडौं महानगरपालिका वडा नं. १० ले सामुदायिक सेवा समितिलाई कुर्सी हस्तान्तरण गरेको छ । वडाध्यक्ष रामकुमार केसीले सोमबार वडा कार्यलयमा आयोजित एक कार्यक्रमकाबीच समितिका महासचिव अशोक कार्कीलाई ५० वटा प्लास्टिकका कुर्सी हस्तान्तरण गरेका हुन् ।

२०५० सालमा स्थापना भएको समितिले स्कुल, कलेज लगायत क्षेत्रमा जनचेतनामुलक कार्यक्रम, शान्ति सुरक्षा, चेलिबेटी बेचबिखनका विरुद्धका अभियानहरु, लागूऔषधी विरुद्ध जनचेतनामूलक तथा सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ ।

सो कार्यक्रममा अध्यक्ष केसीले सामुदायिक उत्तरदायित्व बहन र समाजमा शान्ति सुरक्षा र स्थायित्वका लागि काम गर्दै आएको समितिलाई कुर्सी हस्तान्तरण गर्नु अत्यन्त खुशीको क्षण भएको बताए । यसले समाजमा शान्ति र स्थायित्वका लागि काम गर्न अझ सशक्त भूमिका खेल्ने भन्ने विश्वास व्यक्त गरे ।

त्यस्तै समितिका महासचिव कार्कीले  काठमाडौं महानगरपालिका वडा नं. १० द्वारा हस्तान्तरित कुर्सी बुझ्दै  समितिलाई कार्यालय व्यवस्थापन तथा सञ्चालनको लागि सहज हुने बताए ।

प्रतिक्रिया दिनुहोस्