सुनको मूल्य स्थिर, चाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौं,२३ जेठ । शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य हालसम्मकै महँगो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्यले भने हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज चाँदीको मूल्य तोलामा ७५ रुपैयाँ बढेर २ हजार १५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्