४ सय प्रहरी निरीक्षकको सरुवा, को कहाँ परे ?

काठमाडौं । नेपाल प्रहरीले ४ सय प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले शुक्रबार प्रहरी निरीक्षकहरुको सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयले सरुवा, बढुवा र अवकाशपछि रिक्त रहेका स्थानहरुमा प्रहरी निरीक्षकहरुको सरुवा भएको जनाएको छ ।

सरूवा भएका निरीक्षकहरुको जेठ महिनादेखिकै तलब–भक्ता सरुवा भएकै दरबन्दीबाट दिने व्यवस्था मिलाउन प्रधान कार्यालयले सम्बन्धित निकायहरुमा पत्राचार गरेको छ ।

यसैबीच, गत असार ३१ गते दरखास्त आह्वान भएको प्रहरी निरीक्षक (जनपद) को अन्तिम नतिजा पनि शुक्रबार नै  प्रकाशित भएकाे छ ।

प्रहरी प्रधान कार्यालयले ९१ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको छ भने ९ जनालाई वैकल्पिकको सूचीमा राखेको छ ।

नियुक्तिका लागि सिफारिस गरिएकाहरुलाई उसले जेठ २७ गते बिहान ११ बजे प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा, नक्सालमा सहभागी हुनेसमेत सूचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्