अब आयो यस्तो नियम, विवाहमा ४० ग्रामभन्दा बढी सुन दिन नपाइने

काठमाडौं । विवाहमा ४० ग्रामभन्दा बढी सुन दिन नपाइने कानून बन्ने भएको छ । गृह मन्त्रालयले तयार पारेको सामाजिक सुधार विधेयकमा दुलाहा पक्षले दुलहीलाई ४० र दुलहीपक्षले दुलाहालाई बढीमा २० ग्राम सुन दिनमिल्ने उल्लेख छ ।

दाइजो, जन्ती र आफूखुशी भोजभतेर गर्दा विभिन्न समस्या भएको भन्दै मन्त्रालयले नयाँ ऐन ल्याउने तयारी गरेको हो । विवाहमा बोलाइएका व्यक्तिले ५ सय रुपैयाँवा सो बराबरको मात्र उपहार दुलाहा वा दुलहीलाई दिन पाउने विधयेकमा व्यवस्था गरिएको छ ।

ऐनलागु भएपछि दुलाहा पक्षबाट बाजागाजा र सहयोगी सहित७५ जना मात्र जन्ती जान पाउने छन् । विवाहभोजमा २ सय ५० र सामाजिक भोजमा १ सयजना सम्मलाई बोलाउन पाइनेछ ।

विवाह र अन्य भोज भतेरको खर्च विवरण १५ दिनभित्र स्थानीयतहमा बुझाउनु पर्ने व्यवस्था विधेयकमा छ । तोकिएको भन्दा बढी सुन दिए सुन जफतवा ३ महिना जेल सजायहुनेछ ।

कानून मन्त्रालयबाट परिमार्जन भएर आएको विधयेकलाई केहीदिनभित्रै संसदमा पेश गर्ने गृहको तयारी छ।

प्रतिक्रिया दिनुहोस्