भियतनाममा डाम्रोइ आँधीका कारण कम्तीमा पनि ६९ जनाको मृत्यु

हनोई । भियतनाममा गएको शनिबार आएको डाम्रोइ आँधीका कारण कम्तीमा पनि ६९ जनाको मृत्यु भएको छ ।

मध्य भियतनाम र मध्य पहाडी क्षेत्रमा भीषण आँधी आएको भियतनामको प्राकृतिक बिपद् नियन्त्रण तथा उद्धारसम्बन्धी केन्द्रीय परिचालन समितिले जानकारी दिएको छ ।

कडा हावा हुरीका कारण अरु दर्जनौँ व्यक्ति हराएका छन् । हराइरहेका व्यक्ति अहिले पनि खतराको अवस्थामै छन् वा मरिसके भन्ने बारेमा अहिले यकिन हुन सकेको छैन ।

आँधीले करिब एक हजार वटा घरमा पूर्ण रुपमा क्षति पुगेको छ । अरु ३९ हजार ७०० घरमा बढी मात्रामा नै क्षती पु¥याएको छ । त्यसैगरी करिब ४० हजार हेक्टर क्षेत्रफलमा रहेको बालीनाली पनि नष्ट भएको छ ।

आँधीसँगै आएको बाढी र पहिरोले बिन्ह दिन्ह, फु येन, खान्ह होआ र क्वाङ नाममा गाडी गुड्ने बाटो र रेलयातायातमा क्षति पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्