आज पनि सामान्य बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं,२२ जेठ । बिहीबार, नेपाली सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । बुधबारको बजारको मूल्यलाई नै आधार मानेर चाँदीको कारोबार हुँदैछ । आज चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँ कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्