सुन र चाँदीको मूल्यमा निरन्तर वृद्धि

काठमाडौं,२१ जेठ । बुधबार सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्ला दिनमा सुन र चाँदीको मूल्य निरन्तर बढिरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि उल्लेख्य वृद्धि भएको छ । आज चाँदी प्रतीतोला ३० रुपैयाँले बढेर दुई हजार ७५ रुपैयाँ कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्