सुन र चाँदीको मूल्य भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,२० जेठ । मंगलबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्ला दिनमा सुनको मूल्य निरन्तर बढीरहेको छ ।

त्यस्तै, चाँदीको मूल्यमा भारी वृद्धि भएको छ । आज चाँदी प्रतितोला ५५ रुपैयाँले बढेर चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँ खरिदबिक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्