सुन र चाँदीको मूल्य सामान्य बढ्यो
काठमाडौं, १९ जेठ । सोमबार सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्ला दिनमा सुनको मूल्य निरन्तर बढीरहेको छ ।
त्यसैगरि, चाँदीको मूल्य पनि सामान्य बढेको छ । आज चाँदी प्रतीतोला ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९९० रुपैयाँ कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्