पेट्रोलियम पदार्थको प्रयोग घटाएर, स्वदेशमा उत्पादित विद्युत्‌को प्रयोग बढाऔं : देउवा

काठमाडौं,१८ जेठ । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेट्रोलियम पदार्थको प्रयोग घटाउँदै स्वदेशमै उत्पादन हुने स्वच्छ विद्युत् प्रयोग गर्नु पर्ने बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

विद्युत्‌को प्रयोगले देसको व्यापार घाटा मात्रै नभएर अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने बताए । पेट्रोल पदार्थको सट्टा विद्युत्‌बाट नै धेरै कामहरू गर्न सकिने जिकिर गरे ।

‘पेट्रोलियम पदार्थको प्रयोग घटाउँदै स्वदेशमै उत्पादन हुने विद्युत् प्रयोग गर्नु अबको आवश्यकता हो । यसले व्यापार घाटामा मात्र होइन, अर्थतन्त्रमा पनि यसले सकारात्मक प्रभाव पार्छ“ सभापति देउवाले भन ।

सभापति देउवाले विद्युतीय सवारीहरुको प्रयोग बढाउनुपर्ने र विद्युतीय सभाग्रीहरु पनि बढी उपयोग गर्न जरुरी रहेको पनि बताए । यसले जलवायु परिवर्तनका असर न्युनिकरणमा मद्दत पुग्ने देउवाको भनाइ छ ।

सभापति देउवाले विद्यालय, विश्वविद्यालयमा जलवायु शिक्षा, बाढी प्रभावित क्षेत्रमा पूर्वसूचना प्रणाली, सुख्खा तराई क्षेत्रमा सिंचाई र स्वच्छ खानेपानीको व्यवस्था, पहिरो प्रभावित पहाडी क्षेत्रमा भूक्षय रोकथाम कार्यान्वनय, हिमतालहरूको संरक्षण गर्नु जरुरी रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्