सुर्तीजन्य पदार्थ सेवनको कुलत छुटाउन अब ११३२ मा कल गर्नुहोस्

काठमाडौं, १८ जेष्ठ । सुर्तीजन्य पदार्थ सेवनले व्यक्ति, परिवार र समाजलाई आक्रान्त बनाएको छ । सुर्ती सेवनको लत लागेपछि छुटाउनै कठिन भएको भन्ने कुरा सुन्नमा आउँछ । सुर्तीजन्य पदार्थ सेवन स्वास्थ्य सँगसँगै आर्थिक अवस्थालाई पनि कमजोर पार्दै गएको छ । सुर्ती सवेन गर्न रकम अभावमा परेर चोरी र गठीका घठनाह पनि हुने गरेका छन् ।

यसलाई लक्षित गर्दै सुर्तीजन्य पदार्थ सेवनकर्ता लत छुटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनेका लागि हेल्प लाइन सेवा ल्याएको छ । मन्त्रालयले विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सो हेल्पलाइन सेवाको शुभारम्भ गरेका हुन् । यसले सुर्तिजन्य पदार्थ छुटाउन पक्कै पनि सहयोग हुने विश्वास लिएको छ ।

सुर्तीको लत त्याग्न ११३२ मा कल गरेर परामर्श सेवा लिन सकिन्छ । उक्त परामर्श सेवा निःशुल्क रहेको छ । स्वास्थ्यमन्त्री पौडेलले हेल्पलाइन सेवा सुर्तीजन्य पदार्थ नियन्त्रणमा सकरात्मक कदम हुने बताए ।

‘सुर्तीजन्य पदार्थ नियन्त्रणमा सहयोग पुग्छ भनेर हेल्पलाइन सेवा ल्याएका हौं । सुर्तीजन्य पदार्थ नियन्त्रण, न्यूनीकरण तथा जनचेतना विस्तार गर्ने सम्बन्धमा केही उपलब्धि हात पारेका छौं । उत्पादन र आयात रोक्न सकिंदैन तर उपभोक्ता घटाउन कसरी सकिन्छ भन्ने विधिमा जोड दिनुपर्छ’, मन्त्री पौडेलले जोड दिए ।

सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न यस्ता पदार्थमा कर बढाउने, यसको सेवनलाई निरुत्साहित गर्न जनचेतना अभिवृद्धिको खाँचो सबै तहबाट रहेको बताए ।

स्वास्थ्य सचिव डा। विकास देवकोटाले युवाहरु सुर्तीजन्य पदार्थको बढ्दो प्रयोग चिन्ताजनक रहेको बताए । ‘पछिल्लो समय भेपको प्रयोग एकदमै बढेको देखिन्छ । युवाहरुलाई यो लत नियन्त्रण गर्न के गर्ने तरु हामीले प्रयास गरिरहेका छौं । यो प्रयास स्वास्थ्यमन्त्रायले एक्लैले गर्न सक्दैन । सबैको समन्वय र सहकार्य चाहिन्छ । जनचेतना फैलाउन काम गर्नुपर्छ । व्यक्ति, घर, संगत, विद्यालय, कार्यस्थललगायतको ठाउँमा सुर्तीजन्य पदार्थको सेवन प्रोत्साहित हुने वातावरणलाई नियन्त्रण गर्नुपर्छ’, डा. देवकोटाले भने,
दिवसको अवसरमा सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री, वितरण तथा सेवन गर्ने कार्यलाई नियन्त्रण र न्यूनीकरण गर्न योगदान पुर्‍याएका संघसंस्था र पत्रकार गरी ७ जनालाई ‘स्वास्थ्यमन्त्री ब्लूमबर्ग जनस्वास्थ्य पुरस्कार’बाट पुरस्कृत समेत गरिएको थियो ।

हरेक वर्ष मे ३१ मा विश्व सुर्तीजन्य पदार्थ रहित दिवस मनाइने गरेको छ । यस वर्षको नारा ‘सूर्तीजन्य उद्योगको आकर्षक चाल, प्राणघातक असर चिरौं यो मोहजाल’ रहेको छ । यसलाई सबैले सचेत भई सुर्तीसेवन आजैबाट छाडौ निरोगी समाज निमाणमा टेवा पुर्याऔं । यसको लागि सकेबैको हातेमालो गर्न आबश्यक छ ।

प्रतिक्रिया दिनुहोस्