सुन चाँदी दुबै धातको मूल्यमा सामान्य वृद्धि
काठमाडौं,१८ जेठ । आइतवार सुनचाँदीको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि सामान्य बढेको छ । आज चाँदी प्रतीतोला ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९८५ रुपैयाँ कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्