उत्पादन बढेपछि आँपको मूल्य घट्यो

काठमाडौं,१६ जेष्ठ । गत वर्ष भन्दा यस वर्ष बजारमा आँपको मूल्य घटेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकले शुक्रबार आँपको मूल्य घटेको जनाएको हो ।

बजारमा दुई सताअघिदेखि विभिन्न जातका आँप भित्रिएको छ । अहिले मालदह, दसहरी लगायत आँप किन्न पाइन्छ ।

उत्पादन बढेपछि आँपको मूल्य घटेकोले कालीमाटी बजारमा आज दसहरी आँपको मूल्य घटेको छ । दसहरी आँपको प्रतिकिलो मूल्य बिहीबारको तुलनामा आज शुक्रबार ८६ रुपैयाँले घटेको छ ।

बिहीबार दसहरी आँप प्रतिकिलो १ सय ७६ रुपैयाँमा किनबेच भएको थियो । आज भने उक्त आँप प्रतिकिलो ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्