सुनको मूल्य सामान्य बढ्यो, चाँदी भने घट्यो

काठमाडौं,१६ जेठ ।  शुक्रबार छापावाल सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतीतोला १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ९८० रुपैयाँ खरिदबिक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्