स्मार्ट कार्ड ल्याउदै सरकार

काठमाडौं । लामो समयको कसरत पछि सरकारले सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्डमा रुपान्तरण गर्ने योजना अगाडि अढाएको छ । चालक अनुमति लिनको लागि धैर्य गरेर बसेकाकालाई खुशिको कुरा भएको छ ।

प्रविधिको अभावले गर्दा लामो समयदेखि अनुमतिपत्रका प्राप्त गर्न सकेका छैनन् । प्रविधिको अभावमा त्यसखालको समस्या भोग्नुपरेको हो । यसलाई अत्य गर्न भन्दै सूचना प्रविधिको क्षेत्रमा अब्बल विश्वप्रसिद्ध अमेरिकन कम्पनी जेब्राको सहयोगमा मालिका इन्कर्पोरेट कम्पनीले सवारी साधनको अनुमतिपत्र लिने प्रक्रियालाई सहज बनाउने कागजरहित अमेरिकन प्रविधि नेपालमा भित्राएको छ ।

११ लाख सवारी धनीलाई स्मार्ट सवारी साधन अनुमतिपत्र तीन महिनाभित्रै नेपालमा नै उपलब्ध गराउन सकिने मालिका इन्कर्पोरेट कम्पनीका अध्यक्ष टीकाराम जोशीले जानकारी दिए ।

यस्तै लालपूर्जा, सवारी साधन दर्ता पुस्तिकालाई समेत स्मार्ट बनाउन सकिने उहाँको भनाइ छ । स्वास्थ्य सेवालाई समेत सहज, सरल बनाउनका लागि स्मार्ट प्रविधिको प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ ।

माइक्रोप्रोसेसर चिप्स जडित त्यस्ता स्मार्ट कार्डमा व्यक्तिगत विवरण राख्न सकिनेछ । व्यक्तिगत विवरण, औँलाको छापलाई लामो समयसम्म राख्न सकिनेछ । सवारी साधन अनुमतिपत्रलाई उपयोगी र गुणस्तरीय बनाउन यसलाई दुवैतर्फबाट ‘लेमिनेड’ प्रविधिको सुविधा दिइने र त्यसबाट अनुमतिपत्र च्यातिने, खुइलिनबाट जोगाउन सकिने अध्यक्ष जोशीको भनाइ छ ।

यस्तो प्रविधिले ट्राफिक प्रहरीले सहजै अनुमतिपत्रको अध्ययन गर्ने, जरिवानाका लागि बलि काट्ने प्रविधि पनि उपयोगमा ल्याउन सकिनेछ ।

यस्तै विद्यार्थी परिचयपत्रलाई समेत स्मार्ट बनाउन सकिने सो कम्पनीले जनाएको छ । विद्यार्थी विद्यालय गए वा नगएको कति समय विद्यालयमा बसेजस्ता सामान्य सूचनासमेत मोबाइल एप्लिकेशन मार्फत अभिभावकलाई जानकारी दिन सकिनेछ ।

यस्तै निर्वाचन आयोगले वितरण गर्ने मतदाता परिचयपत्रलाई समेत स्मार्ट बनाउन सकिनेछ भने राष्ट्रिय परिचयपत्रसमेत नेपालभित्रै छाप्न सकिने मालिका इन्कर्पोरेटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्