स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन

काठमाडौं,१५ जेष्ठ । सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन गरेको छ । आज बिहीबार आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

हालसम्म बाँकी रहेको भुक्तानी दाबी रकम तेस्रो पक्षबाट परीक्षण गराई यसै आर्थिक वर्षमा दिइने व्यवस्था मिलाइने बताइएको छ ।

चालू आर्थिक वर्ष २०८१/८२ मा सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड बजेट छुट्याएको थियो ।

स्वास्थ्य बीमा कार्यक्रमलाइ सरकारले प्राथमिकताका साथ लागू गरेपनि पर्याप्त श्रोतको अभावका कारण कार्यक्रमको निरन्तरता पटक पटक अवरूद्ध हुने गरेको छ ।
बिरामीको उपचारवापत खर्च भएको रकमको सोधभर्ना लामो समयदेखि भुक्तानी नगरेको भन्दै स्वास्थ्य सेवा प्रदायक स्वास्थ्य संस्थाले वर्षभरमा पटक पटक सेवा ठप्प पार्दै आएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले समेत सरकारले यो कार्यक्रमका लागि विनियोजन गरेको बजेट अपुग रहेको भन्दै कार्यक्रमको निरन्तरतामा आशंका व्यक्त गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्