खेलकुद मन्त्रालयलमा ६ अर्ब आठ करोड रुपैयाँ बजेट विनियोजन, करिब दोब्बरले बढी

काठमाडौं, १५ जेष्ठ । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि युवा तथा खेलकुद मन्त्रालयलमा ६ अर्ब आठ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि खेलकुद मन्त्रालयमा विनियोजन गरिएको बजेट करिब दोब्बरले बढी हो ।

चालू आर्थिक वर्षमा युवा तथा खेलकुद मन्त्रालयका लागि तीन अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले यस्तो बजेट विनियोजन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्