नेपालीलाई विदेशमा लगानी गर्न दिइने नयाँ व्यवस्था
काठमाडौं,१५ जेठ । सरकारले नेपाली उद्योगहरुलाई विदेशमा लगानी गर्न दिने भएको छ ।
नेपाली निर्यातकलाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने ।
नेपालबाट विदेशमा विक्री वा अर्धप्रशोधित सामग्री निर्यात गरी प्रशोधन कारखाना निर्माण गर्न अनुमति दिइनेछ । यसका लागि निर्यातबाट हुने २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने व्यवस्था गरिने व्यवस्था गरिएको छ ।
विदेशमा गरेको लगानीबाट आर्जन हुने मुनाफाको ५० प्रतिशत देशभित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरिने पनि उनले बताए । विदेशमा गरिने लगानी स्वीकृति लगानी बोर्डले गर्ने उनले बताए ।
यस अघिको व्यवस्था अनुसार नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध थियो । सरकारले अध्यादेशमार्फत आईटी कम्पनीहरुलाई विदेशमा लगानी गर्न दिने व्यवस्था गरेको छ ।
प्रतिक्रिया दिनुहोस्