देशलाई चामलमा आत्मनिर्भर बनाइने

काठमाडौ,१५ जेष्ठ । सरकारले दुई वर्षभित्र मुलुकलाई चामलमा आत्मनिर्भर बनाउने नीति लिएको छ ।

सरकारले दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्री मधेषका २२ जिल्लामा चैते धान खेती प्रवद्र्धन कार्यक्रम अघि सारेको छ ।

यसबाट थप १२ लाख मेट्रिक टन धान उत्पादन हुने अपेक्षा सरकारले गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२–८३ मा चैते धान खेतीका लागि सिँचाई पूर्वाधार विकास गर्न सरकारले ३३ करोड रूपैयाँ बजेट बिनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्