सुन र चाँदी दुबै धातुको मूल्य घट्यो

काठमाडौं,१५ जेठ । बिहीबार  सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८७ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, विहिबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतीतोला १० रुपैयाँले घटेर चाँदी प्रतीतोला एक हजार ९९५ रुपैयाँ कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्