सुनको मूल्य घट्यो, चाँदी भने सामान्य बढ्यो
काठमाडौं,१४ जेठ । बुधबार छापावाल सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
त्यसतै, बुधबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतीतोला १० रुपैयाँले बढेर तोलाको दुई हजार ५ रुपैयाँ खरिदबिक्री कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्