गोरेको बयान आज पनि, ठूला व्यक्तिको खुलासा गर्दै, नेकपा कार्यकर्ता पनि पक्राउ

काठमाडौं । सुन प्रकरणका डन चूडामणि उप्रेती ‘गोरे’को बयान लिनेक्रम बिहीबार नसकिएकोले आज पनि लिने भएको छ ।
साढे ३३ किलो सुन तस्करी र त्यससँग जोडिएको सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’को बयान जिल्ला अदालत मोरङले लिने छ ।
बिहीबार पनि साढे ५ घन्टा उनको बयान लिइएको हो । बिहीबार गोरेले दिएको बयानको १६ पेजको विवरण उतारेको अदालतले जनाएको छ ।

मोरङ, उर्लाबारीका सनम शाक्यको हत्याको विषयमा पनि गोरेसँग सोधपुछ गरिएको जनाइएको छ । गोरेको बयानबाट धेरै महत्वपूर्ण सूचना आएको अदालत स्रोतले जनाएको छ ।

बयानको क्रममा उनले केही ठूला व्यक्तिको नामसमेत खोलेको बताइएको छ । तर, ती नामहरु खुलाउन बयान लिने अधिकारीहरुले अस्वीकार गरेका छन् र

गोरेमाथि संगठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी–पैठारीको मुद्दा लगाइएको छ ।उनको बयान शुक्रबार पनि जारी रहनेछ ।

यसअघि, मंगलबार सुन तस्करीकान्डमा मुछिएका उच्च प्रहरी अधिकारीसहित २८ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एअरलाइन्सका कर्मचारी र प्रहरीसँग ‘सेटिङ’ मिलाएर गोरेले सुन तस्करी गर्दै आएको आरोप प्रहरीले लगाएको छ ।

गत माघ ९ गते विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सुन लुटेको आशंकामा उनले करेन्ट लगाएर सनम शाक्यको हत्या गरेको आरोप लगेको छ ।
त्यस्तै साढे ३३ केजी सुन तस्करी र सनम हत्या प्रकरणमा संलग्न भएको आरोपमा मोरङको उर्लाबारीबाट नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का कार्यकर्ता रेवत आचार्य पक्राउ परेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

आचार्यलाई जिल्लाबाट गएको प्रहरीे टोलीले हिजो साँझ नियन्त्रणमा लिएको हो । चुडामणि उप्रेती ‘गोरे’ले अदालतमा दिएको बयानका आधारमा आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।
गएको संसदको चुनावमा गोरेसँग सांसद घनश्याम खतिवडालाई २ लाख चुनाव खर्च उपलब्ध गराउने व्यक्ति आचार्य थिए । उर्लाबारी ५ घर भएका आचार्यको उर्लाबारीमा सुन पसल समेत भएको पुष्टि भएको छ ।

प्रहरीले भने आचार्यलाई पकाउ गरिएको विषयमा स्वतन्त्र रुपमा पुष्टि गरेको छैन र पुष्टि गर्ने या नगर्ने दोधारमा प्रहरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्