यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं,१३ जेष्ठ । आज अमेरिकी डरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज जेठ १३ गते मंगलबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३६ रुपैयाँ ४४ पैसा कायम भएको छ । यस्तै, खरिददर १३५ रुपैयाँ ८४ पैसा कायम भएको छ । यसअघि सोमबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा र खरिददर १३६ रुपैयाँ ०५ पैसा कायम भएको थियो ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५५ रुपैयाँ २७ पैसा रहेको छ भने खरिददर १५४ रुपैयाँ ५९ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १८५ रुपैयाँ र खरिद दर १८४ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८० पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९९ रुपैयाँ ०५ पैसा र बिक्रीमा ९९ रुपैयाँ ४९ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ २७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्