सुनको मूल्य सामान्य घट्यो, चाँदी भने स्थिर
काठमाडौं,१२ जेष्ठ । सोमबार छापावाल सुनको मूल्य सामान्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ७ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, सोमबार चाँदीको मूल्य स्थिर छ । आज चाँदी २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्