आजको लागि प्रमुख विदेशी मुद्राको विनिमयदर
काठमाडौं,१२ जेष्ठ । आज अमेरिकी डरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज जेठ १२ गते सोमबार १ अमेरिकी डलरको भाउ ९बिक्रीदर० १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ । यस्तै, खरिददर १३६ रुपैयाँ ०५ पैसा कायम भएको छ । अमेरिकी डलर शनिबारदेखि यहि भाउमा कारोबार हुँदै आएको छ ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५५ रुपैयाँ ३० पैसा रहेको छ भने खरिददर १५४ रुपैयाँ ६२ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १८४ रुपैयाँ ९९ पैसा खरिद दर १८४ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७५ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९९ रुपैयाँ ०२ पैसा र बिक्रीमा ९९ रुपैयाँ ४६ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्