सुनको मूल्य तोलामै चौध सयले बढ्यो, चाँदीको भने स्थिर
काठमाडौं,११ जेठ । हप्ताको पहिलो दिन आइतवार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ बढेको हो भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आइतबार चाँदीेको मूल्य स्थिर रहेको छ । अघिल्लो कारोबार लाईनै आधार मानेर आज चाँदीको २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्