सुन र चाँदी दुबै धातुको मूल्य घट्यो
काठमाडौं,९ जेठ । शुक्रबार सुन र चाँदी दुबै धातुको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँ घटेको हो भने चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, बिहीबार चाँदी तोलाकोमा २० रुपैयाँ घटेको छ । आज चाँदीको २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्