सुन र चाँदी दुबै धातुको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं,८ जेठ । बिहीबार सुन र चाँदी दुबैको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला १ हजार ७०० रुपैयाँ बढेको छ भने चाँदी तोलाको ३५ रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात बुधबार यस्तो सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, विहिबार चाँदी प्रति तोलाको ३५ रुपैयाँले बढेर आज २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्