७ प्रदेशका २ विमानस्थल कालोपत्रेको कार्य तीव्र, अछाममा परीक्षण उडानको तयारी

काठमाडौं । ७ प्रदेशका २ विमानस्थलको कालोपत्रे को कार्य धमाधम भइरहेको छ।  प्रदेश नम्बर ७ का दुईवटा पाटन र डोटी विमानस्थल यसै आर्थिक वर्षभित्र कालोपत्रे हुने गरी तीव्र काम भैरहेको हो ।
त्यस्तै, अछामको साँफेवगर विमानस्थलमा कालोपत्रे सकिएसँगै शुक्रबार परीक्षण उडान गर्ने तयारी छ ।

बैतडीको पाटन, डोटीको दिपायल विमानस्थल पनि चालु आर्थिक वर्षभित्रै कालोपत्रे सम्पन्न गर्ने गरी काम भैरहेको छ ।

डोटी विमानस्थलमा कालोपत्रेको काम अन्तिम चरणमा पुगेको निर्माणमा संलग्न ठेकेदार कम्पनी सपना ग्याल्भा जेभी कन्स्ट्रक्सनले जानकारी दिएको छ ।

गएको वर्ष कालोपत्रेका लागि ठेक्का भएका त्यहाँका तीन वटा विमानस्थलमध्ये अछामको साँफेवगर विमानस्थलमा कालोपत्रे काम सम्पन्न भएको हो । चैतमै सम्पन्न गर्नुपर्ने काम नसकिएपछि थप गरिएको असार मसान्तसम्म सबै काम सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्