तरलता थुप्रिएपछि बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
काठमाडौं,७ जेष्ठ । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न आज फेरि २१ दिनका लागि ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको छ ।
बैंकहरुले निक्षेप संकलन उपकरणमा वैशाख १७ गते राखेको ५० अर्ब रुपैयाँ आजै परिपक्क हुने भएपछि केन्द्रीय बैंकले थप ५० अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट प्रशोचन गर्न लागेको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । साँवा र ब्याज भुक्तानी मिति जेठ २८ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्