सुन र चाँदीको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,७ जेठ । बुधबार सुन र चाँदीको मूल्यमा भारी वृद्धि भएको छ । आज छापावाल सुन प्रतितोला ५ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँ कारोबार भईरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्