राष्ट्र बैंकको १८औं गभर्नरका रुपमा नियुक्त भएका प्रा.डा.विश्वनाथ पौडेल को हुन् ?

काठमाडौं, ६ जेष्ठ । नेपाल राष्ट्र बैंकले १८औं गभर्नरका रुपमा प्रा.डा.विश्वनाथ पौडेल नियुक्त भएका छन् ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा. पौडेललाई नियुक्त गरेपछि राष्ट्र बैंकमा लामो समयदेखिको गभर्नर अन्यौल हटेको छ ।

साथै, गभर्नरको विषयलाई लिएर चुलिएको भनिएको सत्ता संकट पनि टरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको थियो ।

पौडेलसहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो ।
सिफारिस भएका तीन नाममध्ये पहिलो नम्बरमा रहेका पौडेललाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गरेको हो । यसले गर्दा बैकिङ्ख क्षेत्रको नीति निर्माण क्षत्रको अन्योलता हटेको छ । अब सबै गतिविधि अगाडी बढ्ने छ ।
राष्ट्र बैंकको १८ औं गभर्नर भएका पौडेल २०३२ सालमा चितवनको रत्ननगर, शान्ति चोकमा जन्मेका हुन्। उनले आफ्नो बाल्यकाल र स्कुले शिक्षा चितवनकै टाँडीस्थित नेपाल माध्यमिक विद्यालयबाट पूरा गरे। उनी पढाइमा सधैं अब्बल थिए। सधैं प्रथम स्थान हासिल गरे।

उनका अनुसार २०४७ सालको एसएलसी परीक्षामा उनले गणितमा शतप्रतिशत अंक ल्याएका थिए। उनी देशभरका चार उत्कृष्ट विद्यार्थीमध्ये एक बने। उनले काठमाडौंको अमृत साइन्स क्याम्पस ९अस्कल० बाट उच्च माध्यमिक शिक्षा ९आइएससी० पूरा गरे। त्रिभुवन विश्वविद्यालयको बिएससी प्रवेश परीक्षामा पनि सर्वाधिक अंक ल्याए।

पौडेलले जिआरई गर्दा अंग्रेजी र गणित दुवै खण्डमा पूर्णांक ९८००र८००० ल्याएका थिए।

सन् १९९४ मा उनी इञ्जिनियरिङ पढ्न चीन गए। त्यसपछि युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट कृषि तथा प्राकृतिक स्रोत अर्थशास्त्रमा विद्यावारिधि ९पिएचडी० गरे।

पिएचडी गरेर फर्किएपछि पौडेलले काठमाडौं विश्वविद्यालयमा प्राध्यापन सुरू गरे। २०७२ सालको भूकम्पपछि उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० मा अर्थशास्त्रीका रूपमा काम गरे। उनले नेपाल उद्योग परिसंघ ९सिएनआई० मा थिंकट्यांक स्थापना गरी प्रमुख आर्थिक सल्लाहकारको भूमिका निर्वाह गरे। त्यस्तै, अन्तर्राष्ट्रिय श्रम संगठन ९आइएलओ० मा पनि उनले सल्लाहकारको जिम्मेवारी सम्हाले।

उनी नेपाल इकोनोमिक्स ओलम्पियाडको अध्यक्षका साथै सानिमा बैंक र सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको सञ्चालक समिति सदस्य पनि भए। युलेन्स स्कुलको बोर्डमा अभिभावक प्रतिनिधिको भूमिका पनि निर्वाह गरे।

२०७८ सालमा, शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बने।

पौडेल २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा चितवन–१ बाट नेपाली कांग्रेसतर्फबाट उम्मेदवारी पनि दिएका थिए। हाल उनी काठमाडौं विश्वविद्यालयमा प्राध्यापक छन्।

प्रतिक्रिया दिनुहोस्