नेपाल सरकारको निर्णयप्रति मलेसिया सरकार पनि सकारात्मक

काठमाडौं । नेपाली कामदारलाई आर्थिक भार पर्ने गरी मलेसियाले खडा गरेका संयन्त्र खारेज गर्ने नेपाल सरकारको निर्णयप्रति मलेसिया सरकार सकारात्मक देखिएको छ ।

नेपाल सरकारको पछिल्लो निर्णयप्रति सम्मान गर्दै त्यसलाई सम्बोधन गर्न मलेसियाको परराष्ट्र, गृह र मानव संसाधन मन्त्रालयको संयुक्त बैठक बस्न लागेको मलेसियाका लागि कार्यवाहक राजदूत कुमार खरेलले बताए ।

आजको कान्तिपुरमा छापिएको समाचार अनुसार खरेलले बुधबार पुत्राजयस्थित परराष्ट्र मन्त्रालयको दक्षिण मध्यएसिया विभाग प्रमुख तान याङ थाईसँग भेट गरी नेपाल सरकारको पछिल्लो निर्णयबारे जानकारी गराएका थिए ।

यस अघि सरकारले मलेसियाको पठाउने नाममा बिभिन्न शिर्षक खडा गरि मलेसिया जाने नेपालीहरुसंग १८ हजारसम्म रकम अशुली भएको भन्दै त्यसलाई तत्काल रोक्न निर्देशन दिएको थियो । गत साता पत्रकार सम्मेलन गर्दै श्रम मन्त्री गोकर्ण विष्टले मलेसिया पठाउने कामदारसँग गैरकानुनी रुपमा चर्को शुल्क अशुली भईरहेको भन्दै त्यस्तो कार्य रोक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्