सुनको मूल्य स्थिर, चाँदी मूल्य सामान्य घट्यो
काठमाडौं,६ जेठ । मंगलबार, छापावाल सुनको मूल्य स्थिर रहेको छ । सोमबारको बजार मूल्यलाई नै आधार मानेर आज सुनको कारोबार हुने भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँ कारोबार भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्