६ कारोबार दिनपछि बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौ,५ जेष्ठ । सोमवार नेप्से परिसूचक बढेर बन्द भएको छ । पछिल्ला ६ कारोबार दिनदेखि घटिरहेको नेप्से, आज भने बढेर बन्द भएको हो ।

सोमबार नेप्से परिसूचक १९.३० अंक बढेर २६२८.३६ विन्दुमा पुगेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.१५ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंक बढेको छ ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ८ अर्ब ५० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२४ स्टकको ७१ हजार २८७ पटकको कारोबारमा ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार रुपैयाँबराबरको १ करोड ६२ लाख ५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

४ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज सकारात्मक सर्किट लेभलमा कारोबार हुने कम्पनीमा सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ओम मेगाश्री फर्मास्यूटिकल्स, र तेह्रथुम पावर कम्पनी रहेका छन् । कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने आज सर्वाधिक १० प्रतिशत घट्ने कम्पनी बनेको छ ।

कारोबार रकमका आधारमा आज राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ५९ करोड ७६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको ५१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको ४१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

त्यस्तै, १३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ । यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १ दशमलब ८८ प्रतिशत बढेको छ भने बैंकिङ्ग, जलविद्युत, निर्जीवन बीमा र व्यापार उपसमूहको पनि परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।े होटल तथा पर्यटन उपसमूहको परिसूचक १ दशमलब २४ प्रतिशत घटेको छ ।

 

प्रतिक्रिया दिनुहोस्