सुनको मूल्य सामान्य घट्यो चाँदीको भने स्थिर

काठमाडौं,४ जेष्ठ । आइतवार छापावाल सुनको मूल्य सामान्य घटेको छ । आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ । सुक्रबारको मूल्यलाई आधार मानेर आज चाँदी एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्