सुनको मूल्यमा भारि वृद्दि, तोलामै बढ्यो ३ हजार

काठमाडौं,२ जेठ । सुक्रबार सुनको मूल्यमा भारि वृद्दि भएको छ । आज छापावाल सुन प्रतितोला तीन हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेको हो । आज चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्