टिपरको ठक्करले नाबालकको मृत्यु

काठमाडौं । काभ्रेपलाञ्चोकको दोलालघाटबाट धुलिखेलतर्फ आउँदै गरेको बा ४ ख ३२६८ नम्बरको टिपरले तामाघाटमा ठक्कर दिँदा आज बिहान एक नाबालकको घटनास्थलमै मृत्यु भएको छ । ठक्करबाट तीन वर्षीय रामबहादुर कुँवरको मृत्यु भएको हो ।

दुर्घटनाको विषयलाई लिएर बिहान ९ बजेदेखि अरनिको राजमार्ग बन्द भएको छ । प्रहरीले सडक खुलाउने विषयमा वार्ता जारी रहेको उल्लेख गर्दै दुर्घटनामा संलग्न गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्