रात्रीबस पल्टिँदा ३२ जना घाइते, ३ जनाको अवस्था गम्भीर

काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यबिन्दुमा बस पल्टिँदा ३२ जना घाइते भएका छन् ।

काठमाडौंबाट धनगढीका लागि छुटेको ना ६ ख ७४ ५६ नम्बरको बस बुधबार राति अनियन्त्रित भै सडकबाट १० मिटर तल खस्दा ३२ जना घाइते भएका हुन् ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबैको पुरानो मेडिकल कजेल भरतपुरमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्