सुनको मूल्यमा भारि गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,१ जेठ । बिहीबार सुनको मूल्यमा गिरावट भएको छ । आज छापावाल सुन प्रतितोला तीन हजार ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो । आज चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्