काठमाडौँको मखन टोलमा आगलागी

काठमाडौं, ३१ बैशाख । काठमाडौँ महानगरपालिका– २४ स्थित मखन टोलमा आगलागी भएको छ । मखन टोलको महादेव चोकमा रहेको एक घरमा आगलागी भएको हो ।

आगलागी भएको घरमा रहेकाहरूको उद्धार गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ । आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगो नियन्त्रण गर्न दमकलले पानी हालीरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्