महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदन आज सार्वजनिक हुँदै

काठमाडौं, ३१ बैशाख । महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदन आज सार्वजनिक हुँदैछ । आर्थिक वर्ष २०८१÷०८२ मा विभिन्न सार्वजनिक निकायको लेखापरीक्षण तथा वेरुजु सहितको प्रतिवेदन सार्वजनिक गर्न लागिएको हो ।

महालेखा परीक्षक तोयम रायाले बिहान १०ः०० बजे राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्न गर्दैछन् । सो लगत्तै प्रतिवेदन सार्वजनिक गर्ने महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

महालेखा परीक्षकले संवैधानिक निकायको रुपमा रहेको कार्यालय सबै तहका सरकार र सार्वजनिक संस्थानको अन्तिम लेखापरीक्षकको काम गर्छ । सरकार र सार्वजनिक संस्थानका कार्यालयहरुको वेरुजु प्रत्यके वर्ष बढ्दे गएको छ ।

प्रतिक्रिया दिनुहोस्