चिलिमे हाइड्रोपावरको सामान्य नाफा बढ्यो
काठमाडौं, ३० बैशाख । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ५० करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८।९४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४६ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै खुद नाफा पनि बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ५।४२ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल नाफा ८।६० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ११।०१ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय आम्दानी भने समीक्षा अवधिमा २७।२० प्रतिशत घटेको छ।
नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८ पैसा घटेर ७ रुपैयाँ ७१ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ६१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६४।९० गुणा रहेको छ।
८ अर्ब ७८ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २ अर्ब ५१ करोड २७ लाख रुपैयाँ रहेको छ।
प्रतिक्रिया दिनुहोस्