सत्यमोहन जोशीको शालिक अनावरण
काठमाडौं, ३० बैशाख । स्वर्गीय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण गरिएको छ । ललितपुर महानगरपालिका प्राङ्गणमा जोशीको अर्धकदको शालिक मंगलबार (आज) बिहान अनावरण गरेको हो ।
महानगरपालिकाले निर्माण गरेको शालिक जोशीको १ सय ६औं जन्म जयन्तीको अवसरमा महानगर प्रमुख चिरिबाबु महर्जनले अनावरण गरेका हुन् । ०७९ असोज ३० गते शताब्दी पुरुष सत्यमोहन जोशीको १ सय ३ वर्षको उमेरमा निधन भएको थियो।
उनको ‘इच्छा अनुसार’ तथा ‘परिवारका सदस्यहरूको अनुमतिमा’ जोशीको शरीरलाई किस्ट मेडिकल कलेजलाई दान गरिएको थियो ।
सो कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले महानगरबाट शालिक निर्माण गरिएको बताए । यसले जोशीको राष्ट्रप्रतिको योगदानको उच्च कदर गर्दै शालिक निर्माण गरि ा झनाख्य पार्कमा अनावरण गरिएको बताए । झनाख्य पार्कमा ४ वटा शालिक भइसकेकाले पाँच वटा नबनाउने उनको भनाइ छ ।
महानगरप्रमुख महर्जनले जोशी मुलुककै गहना भएको बताए । स्व. जोशीले भाषा, साहित्य, संस्कृति र कलाको क्षेत्रमा ठूलो योगदान पुर्याएका थिए ।
प्रतिक्रिया दिनुहोस्