सपोर्ट माइक्रोफाइनान्सको आईपिओ बाँडफाँड

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सले निष्काशन गरेको १ लाख ८० हजार कित्ता हजार साधारण सेयरको बाँडफाँड भएको छ। माइक्रोफाइनान्सको बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले आज बुधबार साधारण सेयर बाँडफाँड गरेको हो ।

बिक्रि प्रबन्धकका अनुसार आईपिओमा कुल २ लाख ३७ हजार ६ सय १७ जनाले आवेदन दिएका थिए । जस मध्ये २ लाख ३५ हजार २ सय ४८ आवेदन योग्य र २३ सय ९६ आवेदन अयोग्य भएका छन् ।

कुल आवेदन मध्ये गोलाप्रथाबाट १६ हजार ७ सय ४० जनाले समान १० कित्ता शेयर पाएका छन् । अन्य आवेदन भने हात खाली परेका छन् ।
१ लाख ८० हजार कित्ता मध्ये २ प्रतिशत अर्थात् ३ हजार ६०० कित्ता कम्पनीका कर्मचारीको लागि र ५ प्रतिशत अर्थात ९ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ।

आइपिओ निष्काशन निष्काशन तथा वितरण पश्चात माइक्रोफाइनान्सको चुक्ता पुंजी ६ करोड रुपैयाँ पुग्ने छ। माईक्रो फाईनान्सको हाल अधिकृत पूँजी १५ करोड रहेको छ। त्यस्तै जारी पूँजी ६ करोड रहेकोमा संस्थापकबाट ४ करोड २० लाख चुक्ता भईसकेको छ भने सर्वसाधारणलाई १ करोड ८० लाखको शेयर निष्काशन पश्चात चुक्ता पूँजी ६ करोड पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्