सबैभन्दा धनी मन्त्री देखिए रघुबीर महासेठ, थापा रहिन् गरीब

काठमाडौँ वर्तमान केपी ओली नेतृत्वको सरकारका सबैभन्दा धनी मन्त्रीमा रघुवीर महासेठ रहेका छन् । ओली सरकारका मन्त्रीहरुले सार्वजनिक गरेको सम्पति विवरण अनुसार महासेठ सबैभन्दा धनी मन्त्री देखिएका हुन् ।भौतीक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठका तीनवटा घर, सात ठाउँमा जग्गा, ५२ तोला सुन, २७ तोला पैतृक र २५ तोला दाइजोबापत प्राप्त भएको सम्पति रहेको जनाइएको छ । त्यसैगरी उनको नाममा ५ वटा विभिन्न कम्पनीमा करोडौंको सेयर लगानी रहेको विवरण पनि सार्वजनिक गरिएको छ ।

ओली सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण सरकार बनेको तीन महिना पुगिसकेपछि मात्रै सार्वजनिक भएको हो । यसअघि गत आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारका सबै सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

१८ मन्त्रीमध्ये महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा सबैभन्दा गरीब देखिएकी छिन् । मन्त्रि थापाको नाममा भने म्याग्दीको बेनीमा आमाले दिएको एउटा घर रहेको छ । त्यस्तै गरगहनामा एक तोला सुन, तीनवटा बैंकमा गरी १५ हजार रुपैयाँ बचत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्